रसुवामा २ किलो सुनसहित एक जना पक्राउ
विदुर खबर
२०७५ मंसिर २४ गते १२:०८


रसुवाको धुञ्चेबाट २ किलो सुनसहित एक जना प्रहरीले पक्राउ गरेको छ ।
सोमबार स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना १ ज ६१७६ नम्बरको सुमोमा विशेष सुराकीको आधारमा धुञ्चेबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार टाटा सुमोमा स्याफ्रुबाट काठमाडौं जाँदै गर्दा गोसाइकुण्ड गाउँपालिका १ थुमन वडाका ३७ वर्षीय निमादोर्जे तामाङ पक्राउ परेको हो । उनलाई थप अनुसन्धान थालिएको प्रहरीले बताइएको छ ।
यसरी प्रहरीहरुको सक्रियता हुँदै गएमा तस्कारी नियन्त्रण हुने र प्रहरीहरुलाई यस्तै किसिमको खोजतलास गर्न थप तालिम प्रदान गरी मनोबल बढाउनु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
सम्बन्धित
प्रतिक्रिया