काङ्ग्रेस नुवाकोटका पुराना नेता पाण्डेको निधन
विदुर खबर
२०७५ मंसिर २३ गते १५:१२


नुवाकोट।नेपाली कांग्रेस नुवाकोटका पुराना नेता लोकजङ्ग पाण्डेको निधन भएको छ ।
बेलकोटगढी वडा नं ११ वडा निवासी ६५ वर्षिय पाण्डेको आज बिहान तिगाउँमा मृत्यु भएको नेपाली काङ्ग्रेस नुवाकोटका प्रबक्ता राजु थापाले जानकारी दिनुभयो ।
लोकतान्त्रीक आन्दोलनका योद्धा तथा सामाजिक अगुवा समेत रहेका पाण्डे पार्टीको राजनितिमा समेत उत्तिकै क्रियासील, मिलनसार, मृदुभाषी, सवैका प्रिय व्यक्तिका रुपमा चिनिन्छन् ।
पाण्डे नेपाली काङ्ग्रेस नुवाकोटका पुर्व जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो । पाण्डेको पार्थिव शरिरमा नेपाली कांग्रेस नुवाकोटका सभापती जगादिश नरसिंह केसी र नेपाली कांग्रेसका जिल्ला प्रबक्ता राजु थापा लगायतले पार्टीको झण्डा ओढाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया