काङ्ग्रेस नुवाकोटका पुराना नेता पाण्डेको निधन
विदुर खबर
२०७५ मंसिर २३ गते १५:१२

नुवाकोट।नेपाली कांग्रेस नुवाकोटका पुराना नेता लोकजङ्ग पाण्डेको निधन भएको छ ।
बेलकोटगढी वडा नं ११ वडा निवासी ६५ वर्षिय पाण्डेको आज बिहान तिगाउँमा मृत्यु भएको नेपाली काङ्ग्रेस नुवाकोटका प्रबक्ता राजु थापाले जानकारी दिनुभयो ।
लोकतान्त्रीक आन्दोलनका योद्धा तथा सामाजिक अगुवा समेत रहेका पाण्डे पार्टीको राजनितिमा समेत उत्तिकै क्रियासील, मिलनसार, मृदुभाषी, सवैका प्रिय व्यक्तिका रुपमा चिनिन्छन् ।
पाण्डे नेपाली काङ्ग्रेस नुवाकोटका पुर्व जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो । पाण्डेको पार्थिव शरिरमा नेपाली कांग्रेस नुवाकोटका सभापती जगादिश नरसिंह केसी र नेपाली कांग्रेसका जिल्ला प्रबक्ता राजु थापा लगायतले पार्टीको झण्डा ओढाएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया