देबिघाटबाट पृथ्बीनारायण शाहको पूर्णकदको शालिकसँग रहेको तरबार हरायो,खोजी कार्य जारी

नुवाकोट।बिदुर नगरपालिका वडा नम्बर ५ मा रहेको पृथ्बीनारायण शाहको पूर्णकदको शालिकसँग रहेको तरबार हराएको छ ।
नेपाललाई एउटै देश बनाउने अभियान स्वरुप पहिलो पटक नुवाकोटमा नै बिजय अभियानको सुरुवात गरेका पृथ्बीनारायण शाहको देहाबसान पनि नुवाकोटमा नै भएको थियो । उहाँले अन्तिम श्वास फेर्नुभएको देबिघाट स्थित ढुंगामा निर्मित पूर्णकदको शालिकबाट बिहिबार रातीदेखि ऐतिहासिक तरबार हराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी तथा स्थानीयबासी, स्मारक संरक्षण समितीले हराएको तरबारको खोजी कार्य सुरु गरेको छ ।
शाालिकसँगै टाँसिएको पाँच फिट लामो तरबार भाँचिएको अबस्थामा देखिएको छ । सो पृथ्बी स्मारकमा प्रत्येक बर्षको पुस २७ गते पृथ्बी जयन्ती मनाईदै आएको छ । महत्बपूर्ण सम्पदाबाट धार्मिक तथा ऐतिहाँसिक बस्तु हराउनु लज्जास्पद रहेको बिदुर नगरपालिका पडा नम्बर ५ का बडा सदस्य लगायत स्थानीयबासीहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया