निर्मला पन्तलाई अन्याय हुँदा राष्ट्रपति र महिला नेतृ मौन किन ? जिसस प्रमुख तामाङ

विदुर खबर २०७५ मंसिर २३ गते १३:११

विदुर।जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले निर्मला पन्तलाई अन्याय हुँदा समेत राष्ट्रपति विद्यादेवि भण्डारी र महिला नेतृहरु मौन रहेर महिला हिंसाको कुरा गर्नु उचित नहुने बताएका छन ।

Advertisement

नुवाकोटको विदुरमा आइतबार संकल्प संजालले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको कानुनी सचेतना कार्यक्रममा उहाँले उत्त कुरा बताउनुभएको हो ।जिसस प्रमुख तामाङ निर्मलामाथि भएको गतिविधिपछि सबैको घरमा दोहोरिने भन्दै सबै सचेत हुनुपर्ने बताउनुभयो । उनले आफ्नो सरकारले गरेको काम सबै ठिक अरुले गरेको काम गलत भन्ने परिपार्टीको अन्त्य गर्नुपर्नै बताउनुभयो ।


कार्यक्रममा प्रदेश नं ३ की उपसभामुख राधिका तामाङले संविधानले दिएको हक र अधिकारलाई सबै मिलेर रक्षा गर्नुपर्ने बताउनुभएको छ । उपसभामुख तामाङले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलाइरहँदा अभियानले कस्तो किसिमको सार्थकता पायो त्यसको समिक्षा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नं ३ को जिल्लाहरुमध्ये नुवाकोटमा संकल्प संजाल गठन समेत गरिएको छ । संजालको अध्यक्षमा शर्मिला थापा,उपाध्यक्षमा देवकी पौडेल,सचिवमा विन्दुमाया तामाङ र सदस्यमा रुपा थापालाई चयन गरिएको संकल्प संजाल नुवाकोटकी नवनिर्वातिच अध्यक्ष शर्मिला थापाले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया