गर्भवतीले कसरी खेल्ने होली ?
रङ, अबिर, मिठा परिकार अनि भाङ्ग । पिचकारी र बेलुनको बर्षा । फागुन पूणिर्मा अर्थात होली । रमाईलो र मस्तीले भरिएको पर्व । आफ्नो छुट्टै पहिचान बोकको ‘होली’ सम्झदा पनि मनमा उमङ्ग छाउँछ ।
साथीभाई तथा आफन्तसँग औपचारीकताका सारा सिमा तोडेर एउटा छुट्टै रमाईलो अनुभुति गराउने रसिलो चाड पनि हो, होली । न जाडो न त गर्मी । मौसमले पनि रमाईलो बनाएको हुन्छ होलीलाई । तर, जोसमा होस पुर्याउन सकिएन भने रंगहरुको यो पर्व बेरंगको पनि हुनसक्छ ।
गर्भवतीले होली नखेल्ने ?
यस्तो रमाईलो माहोलमा गर्भवती महिला सरिक हुने कि नहुने ? साथिहरु तथा आफन्तसँग होली खेल्दा गर्भको बच्चालाई असर हुन्छ कि हुदैन ? मिठो परिकारको आनन्द लिने कि नलिने ? धेरैलाई जिज्ञासा हुनसक्छ ।
परिवारका अन्य सदस्य झै, गर्भवती पनि होलीमा सहभागी हुन, गुणस्तरिय रङ्ग खेल्न र सुपाच्य भोजनको मज्जा लिनसक्छन् । तर होली खेल्दा सजग चाँहि हुनैपर्छ ।
भागदौड, लुकिछुपी अनि खेलखेलमा लडिने वा चोट लाग्ने हुनसक्छ । यस्तो चोट घातक हुनसक्ने भएकोले होसियार हुनैपर्छ । संयमित भएर होली खेल्ने र रमाउने गर्नुपर्छ ।
घातक रसायन नदल्ने
होलीमा प्रयोग गरिने रंगहरु सस्ता र कम गुणस्तरका हुनसक्छन् । त्यसमा पनि कम गुणस्तरको रातो रंगमा मर्करी सल्फेट नामक रसायन प्रयोग गरिएको हुन्छ । यो रसायन छालाबाट अवशोषित भएर रगतमा जान्छ र त्यसले छालाको क्यान्सरसम्म गराउनसक्छ । आँखाको दृष्टि कमजोर बनाउँछ र पक्षघातसमेत गराउनसक्छ ।
मर्करी सल्फेटले गर्भको बच्चाको बृद्धिमा असर गर्ने भएकोले गर्भवतीले यस्ता रंगहरुको प्रयोग गरेर होली खेल्नु हुदैन ।
डा. बालकृष्ण शाह हरियो रंगमा कपर सल्फेट भन्ने रसायन प्रयोग गरिएको हुन्छ । कपर सल्फेटका कारण बिशेषगरी आँखा चिलाउने, सुन्निने, रातो हुने तथा केहिबेर अन्धो बनाउन सक्छ । त्यसैले यो रंग पनि गर्भवति महिलाले प्रयोग गर्नु हुदैन । यसले गर्भको बच्चाको बृद्धिमा असर गर्छ । हड्डी कमजोर बनाउँछ । र्भपतनसमेत गराउनसक्छ ।
निलो रगंमा प्रयोग हुने प्रसियन ब्लु भन्ने रसायन रगतमा नसोसिने हुने भएकोले यसले छालामा मात्र असर गर्छ । यसबाट छाला चिलाउने तथा फोका आउने हुनसक्छ । यसले भने गर्भमा खासै असर गर्दैन । अबिरमा पनि सिसाका धुलो हुने भएकोले गर्भवतीले नदल्नु नै राम्रो ।
अहिले बजारमा अनुहारमा पनि लगाउन मिल्ने र छालामा कुनै असर नगर्ने, सजिलै पखालिने किसिमका रंगहरु पाईन्छन् । मेहन्दी तथा अन्य हर्बलबाट तयार गरिएका रङ तथा अबिरहरु बजारमा उपलब्ध हुने भएकाले गर्भवती महिलाले यस्ता रङ तथा अविरले रमाईलो गर्न सक्छन् ।
खानपीनमा सजग हुने
होलीमा रंग र अबिर खेल्नुका साथै मिठ परिकारको पनि मज्जा लिने गरिन्छ । मालपुवा, मिठाई, सेल, पुरी अनि मासु घरघरमा बनाइएको हुन्छ । समान्यतया यी खानेकुरा चिल्ला हुन्छन् ।
गर्भवती महिलाले यस्ता गरिष्ठ र अपाच्य परिकार सकेसम्म नखानु नै उत्तम । आफुलाई रुचेको र पचाउन सजिलो हुने खानेकुराको मज्जा गर्भवती महिलाले पनि लिन मिल्छ । उनीहरुले थोरै थोरै गरेर धेरै पटक खाने बानी बसाल्दा उत्तम हून्छ ।
हुन त होलीमा भाङ्ग, गाजा, मद्यपान गर्ने चलन पनि छ । गर्भवती महिला त्यसबाट टाढै रहनुपर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया