लैङ्गिक हिंसा न्युनीकरण विषयक गोष्ठी सम्पन्न

विदुर खबर २०७५ मंसिर २१ गते १०:२१

लैङ्गिक हिंसा र दुव्यवहार छैन हामीलाई स्वीकार भन्ने नाराका गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत विदुर नगरपालिका र जिल्ला प्रहरी कार्यलय नुवाकोटको आयोजना तथा महिला तथा बालबालिका संरक्षण संजाल नुवाकोटको सह आयोजनामा लैङ्गिक हिंसा न्युनीकरण विषयक गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीलाई संम्बोधन गर्दे प्रतिनिधि सभाका सांसद नारायण प्रसाद खतिवडाले महिला हिंसाको १६ दिने अभियान मनाइरहँदा विगतका हिंसालाई छिनोफानो गर्न नसक्नु दुखद भएको बताए । उनले लैङ्गिक हिंसा सधै भइरहने भन्दै दिवसमा मात्र लैङ्गिक हिंसाको विषय सिमित नहुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरिक्षक तथा प्रवत्ता भिमलाल भट्टराईले महिलामाथि हुने कसुर र कानुनी प्रावधानका बारेमा जानकारी दिएका थिए । प्रवत्ता भट्टराईले गत भदौबाट मुलुकी अपराध संहिता लागु भएको भन्दै कानुन विपरित काम गर्नेलाई छुट दिन नसकिने र काम गर्ने शिलशिलामा सबै संवेदनशील हुनुपर्ने बताए । त्यस्तै कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले नगरपालिका महिला हिंसाको सवालमा १६ दिने अभियानमा मात्र सिमित नहुने बताइन । उनले नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य स्वयमसेवीकाहरुले गाउँगाउँमा पुगेर सेवा गरेकोले स्वास्थ्य क्षेत्रमा सुधार आएको बताइन । उपमेयर दाहालले नगरपालका क्षेत्रभित्रका ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयसेविकालाई सम्मानसहित सुविधा दिने व्यवस्था मिलाउन लागेको बताइन ।
कार्यक्रममा प्रदेश सभाका सांसदहरु हिरानाथ खतिवडा,केशव पाण्डे,बद्री मैनाली, विदुर नगरपालिकाका मेयर संञ्जु पण्डित,अन्तरपार्टी महिला संजाल नुवाकोटकी अध्यक्ष सुभद्रा नेपाल लगायतले महिाला हिंसा र बालअधिकारको विषयमा कुरा गरिरहँदा बैदेशिक रोजगारीमा गएका पुरुषहरु पनि हिंसामा परेको बताएका थिए । कार्यक्रममा महिलाका लागि एकल महिला संस्था नुवाकोटकी अध्यक्ष देबकी पौडेलले महिला अधिकारको विषयमा गीत प्रस्तुत गरेकी थिइन । कार्यक्रममा विदुर नगरपालिका भित्रका स्वास्थ्य स्वयमसेविका,महिला अधिकारको विषयमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया