त्रिशुली महोत्सव पुस २ गतेदेखि

त्रिशुली÷नुवाकोटको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी पुस २ गतेदेखि १० गतेसम्म त्रिशुली महोत्सव गर्ने भएको छ ।
आयोजक त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको गर्न लागेको जानकारी दिएको हो । विदुर नगरपालिका वडा नं १ स्थित विद्यालयले शुरु गरेको इन्जिनियरिङ विषयको पठनपाठनको लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए । विद्यालयलाई आफ्नै स्रोतबाट नयाँ विषयको पठनपाठन सञ्चालन गर्न कठिनाई भएकाले महोत्सव गर्न लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर खड्गीले बताए ।
विद्यालयमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)अन्र्तगत तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको पढाइ भइरहेको छ । विद्यालयमा अध्यननका लागि ४८ जना विद्याथीृको कोटा भएपनि समय अनुमति ढिला भएकोले २४ जना विद्यार्थी अध्यनन गरिरहेको विद्यालयका प्रध्यानाअध्यापक महेन्द रावतले बताए । सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी २ लाख रुपैयाँ मात्र शुल्क लिइने भएकोले अपुग रकमको लागि महोत्सव गर्न लागेको विद्यालयले जनाएको छ । सिभिल इञ्जिनीयरिङको पठनपाठन लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न महोत्सव गर्न लागेको शिक्षक राजेन्द्र दवाडीले बताए । विसं २००७ सालमा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो । यसअघि गत असोज २२ गतेदेखि ३० आयोजना गर्ने भनिएको दशै महोत्सव बट्टारका केही व्यापारीले आफुहरुको व्यापारमा असर गर्ने भन्दै आन्दोलनमा उत्रिएको र चौतफी दबाब र प्रभावको कारणले स्थगित भएको थियो । यसअघि महोत्सव स्थगति गर्दा विदुर नगपालिका, नुवाकोट कपडा रोडिमेट तथा कस्मेटिक व्यवसायी संघले पुर्व सहमति गरे अनुसारको आर्थिक सहयोग नगरेको समेत विद्यालयले जनाएको छ । विद्यालयले विशुद्ध शैक्षिक कार्यका लागि महोत्सव गर्न लागेको भन्दै सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया