त्रिशुली महोत्सव पुस २ गतेदेखि

विदुर खबर २०७५ मंसिर २१ गते १०:१२

त्रिशुली÷नुवाकोटको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी पुस २ गतेदेखि १० गतेसम्म त्रिशुली महोत्सव गर्ने भएको छ ।
आयोजक त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको गर्न लागेको जानकारी दिएको हो । विदुर नगरपालिका वडा नं १ स्थित विद्यालयले शुरु गरेको इन्जिनियरिङ विषयको पठनपाठनको लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए । विद्यालयलाई आफ्नै स्रोतबाट नयाँ विषयको पठनपाठन सञ्चालन गर्न कठिनाई भएकाले महोत्सव गर्न लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर खड्गीले बताए ।
विद्यालयमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)अन्र्तगत तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको पढाइ भइरहेको छ । विद्यालयमा अध्यननका लागि ४८ जना विद्याथीृको कोटा भएपनि समय अनुमति ढिला भएकोले २४ जना विद्यार्थी अध्यनन गरिरहेको विद्यालयका प्रध्यानाअध्यापक महेन्द रावतले बताए । सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी २ लाख रुपैयाँ मात्र शुल्क लिइने भएकोले अपुग रकमको लागि महोत्सव गर्न लागेको विद्यालयले जनाएको छ । सिभिल इञ्जिनीयरिङको पठनपाठन लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न महोत्सव गर्न लागेको शिक्षक राजेन्द्र दवाडीले बताए । विसं २००७ सालमा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो । यसअघि गत असोज २२ गतेदेखि ३० आयोजना गर्ने भनिएको दशै महोत्सव बट्टारका केही व्यापारीले आफुहरुको व्यापारमा असर गर्ने भन्दै आन्दोलनमा उत्रिएको र चौतफी दबाब र प्रभावको कारणले स्थगित भएको थियो । यसअघि महोत्सव स्थगति गर्दा विदुर नगपालिका, नुवाकोट कपडा रोडिमेट तथा कस्मेटिक व्यवसायी संघले पुर्व सहमति गरे अनुसारको आर्थिक सहयोग नगरेको समेत विद्यालयले जनाएको छ । विद्यालयले विशुद्ध शैक्षिक कार्यका लागि महोत्सव गर्न लागेको भन्दै सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छ ।

Advertisement

प्रतिक्रिया