इन्धनको मूल्य दुई रुपैयाँ घट्यो
विदुर खबर
२०७५ मंसिर १७ गते १४:५१
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

‘भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा दूई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता बिरेन्द्र गोइतले भने,‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।’
नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १२ रुपैँया, डिजेल र मट्टितेलको ९९/९९ रुपैयाँ पर्नेछ ।निगमका अनूसार हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरमा तेस्रो बच्चा जन्माए २० हजार पोषण भत्ता पाइने
साङ्लाले निकै दुःख दिएको छ, उसो भए अपनाउनुहोस् यी घरेलु उपाय
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखरसहितको नयाँ कांग्रेस गठनको तयारी
नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु
ग्याँस अभाव हुन नदिन आयल निगमको निर्देशन





प्रतिक्रिया