कांग्रेसले भन्योः सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन सकारात्मक

विदुर खबर २०७५ मंसिर १६ गते १२:०४

काठमाडौं,नेपाली काग्रेसले योगदानमा आधारित सुरक्षा ऐन ०७४ कार्यान्वयको क्रम अघि बढाएको विषयलाई सुखद र सकारात्मक रुपमा लिएको जनाए पनि यसको शुभारम्भमा गरिएको प्रचारशैलीको भने विरोध गरेको छ । काग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा रहेको सरकारले ल्याएको यो ऐनलाई वर्तमान सरकारले आफ्नै नयाँ कार्यक्रमझै गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर शहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति काग्रेसले आपत्ति जनाएको छ ।

Advertisement

‘देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको छ’ आइतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्मामाले भन्नुभयो– यसको कार्यान्वयन प्रकृया प्रवेश क्रममा मंसिर ११ गते सरकारले गरेको प्रचार शैलीलाई भने हामीले अनावश्यक र भड्कीलो शैली ठहर गरेका छौँ ।

नयाँ युगको थालनी भन्दै गरिएको अनावश्यक र भड्किलो प्रचार सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै हो
देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको छ ।

प्रमुख प्रतिपक्षदल काग्रेसले नयाँ युग शुरु भनेर कांग्रेसका पालामा संसदबाट पारित ऐन बोकेर भड्कीलो तामझाम गर्ने तर नेपाली कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्वील चेयरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका असक्त विरामीलाई मासिक ५ हजार जिविकोपार्जन भत्ता दिने निर्णय भने सरकारले खारेज गरेको भन्दै आपत्ति पनि व्यक्त गरेको छ ।

Advertisement

नेपाली काग्रेसले राष्ट्रपतिबाट प्रमाणित भएको मितिले ९१ दिनका दिन लागू हुने व्यवस्था ऐनमा उल्लेख रहेको तथ्यलाई आधार मान्दा राष्ट्रपतिबाट ०७४ साउन २९ गते प्रमाणित भएको मितिले गत वर्षकै मंसिर १ गते सो निर्धारित मिति पर्ने पनि जनाएको छ । एउटै सन्दर्भमा कतिवटा दिनलाई नयाँ युगको संज्ञा दिने भन्ने प्रश्न गर्दै काग्रेसले नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै हो भन्ने ठहर गरेको छ ।

पत्रकार सम्मेलनमा काग्रेस प्रवक्ता शर्माले सामाजिक सुरक्षा कोषको ०४८ साल देखिनै नेपाल ट्रेड युनियन कांग्रेसले उठाउँदै आएको तथ्य यस घडीमा स्मरण गराउँदै संसदबाट पारित ऐनलाई कार्यान्वयनमा ढिलाई गरिरहँदा वर्तमान सरकारलाई दवाव दिन गत साउन ३१ गते ३ वटा ठूला ट्रेड युनियनहरुले संयुक्त पत्रकार सम्मेलन गरेको स्मरण गराउनु भएको थियो ।

Advertisement

श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नु पर्दा श्रमिकको तस्वीर कही प्रयोगमा नल्याइनु तर पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रमको तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र सर्वत्र टास्नुले नयाँ युग होइन पुरानो युगको सम्झना गरायो भन्दै काग्रेसले भनेको छ– तस्वीरको प्रकरणमा हामी सोध्न चाहन्छौँ यो कस्तो नयाँ युग जहाँ प्रधानमन्त्रीको तस्वीर टोलटोलमा, विजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्वीर सहितको पोष्टर टाँसिदा च्यातिनु पर्ने र नागरिक गिरफ्तार हुनु पर्ने ?

विहिवार देखि जारी केन्द्रिय समिति बैठकले यस विषयमा पारित गरेको प्रस्तावबारे जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनमा प्रवत्ता शर्माले भन्नुभएको छ– योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रमको सफलता भड्किलो शैलिको झुठो प्रचारले होइन परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकिय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।

आइतवार बसेको केन्द्रिय समिति बैठकले सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवर्धक भूमिका बाट मात्र यसको सफल कार्यान्वयन हुने भरोसा प्रकट गर्दे प्रमुख प्रतिपक्षीका रुपमा यसको सफलताका लागि नेपाली कांग्रेसको खबरदारी रं आवश्यक साथ दुवै रहने प्रस्ताव पारित गरेको प्रवक्ता शर्माको भनाई थियो ।

केन्द्रीय कार्यसमितिको आइतवारको बैठकले खास धार्मिक आस्थामा अधारित अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सरकार समेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको ठहर गरेको छ । बैठकले सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको भत्र्सना गरेको प्रवक्ता शर्माले बताउनु भयो ।

प्रतिक्रिया