पत्रकार महासंघ नुवाकोट अध्यक्ष र सचिवमाथी सेनाले गरेको दुब्र्यबहार प्रति महासंघको विरोध

विदुर खबर २०७५ मंसिर १४ गते १२:१६

बिदुर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले एक विज्ञप्ती जारी गरि अध्यक्ष र सचिवमाथी सेनाले गरेको दुब्र्यबहारको विरोध जनाएको छ । बिहिवार दिउँसो सवा १२ बजे समयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई नुवाकोटको बट्टारस्थित नेपाली सेनाको तालिम केन्द्र मैथली तालिम केन्द्रका सेनाहरुले तालिम केन्द्र अगाडीको सडकमा लछारपछार गर्नुका साथै मोवाइल क्यामेरा जफत गरेर भिजुअल मेटेको घटनामा प्रति आपत्ति जनाएको हो ।

Advertisement

बिहिवार बिदुरबाट बट्टार तर्फ जाँदै गरेका यस शाखाका सचिव जगदीश खनाललाई सेनाको तालिम केन्द्रको गेटमा बसेका सेनाहरुले भनेकै ठाउँमा मोटरसाईकल नरोकेको भन्दै अपशब्द प्रयोग गरी गाली गरेको र ‘ठिक पार्छु’ भन्दै गेटको ड्युटीमा रहेका जबानहरुले मोटरसाईकल र सचिवलाई सडक किनारामा राखी बल प्रयोग गरेको विज्ञप्तीमा उल्लेख छ । उक्त घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका जिल्ला अध्यक्ष कपिलदेव खनालले सचिवलाई बर्दीमा रहेका सेनाले सडकमै छातीमा समातेर लछारपछार गरिरहेको देखेर फोटो खिच्न थालेपछि ब्यारेकभित्र फोटो लिएको भन्दै मोवाइल क्यामेरा जफात गरी सेनाहरुले केही बेर नियन्त्रणमा लिएका थिए ।

Advertisement

गल्छी रसुवागढी केरुङ्ग अन्तराष्ट्रिय सडकमार्गको रुपमा विकास भएको पासाङ्ल्हामु राजमार्गको सडक खण्डमा सेनाले देखाएको अभद्र ब्यवहारको समाचार संकलन भइरहेको मोवाइल कब्जा गरेर भिजुअल डिलिट गर्ने र बल प्रयोग गरी सार्वजनिक स्थलमा जिल्ला अध्यक्ष र सचिवलाई लछारपछार गर्ने घटना प्रेस स्वतन्त्रता विरोधी र सेनाको तानशाहको धङ्धङ्गी रहेको अध्यक्ष खनालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बर्दीमै रहेका सेनाले सडकमा पत्रकार माथी बल प्रयोग गर्ने र दुब्र्यबहार गरिरहेको भिजुअल खिच्नुलाई सुरक्षा निकायको संवेदनशिल क्षेत्रमा प्रवेश गरी फोटो खिचेको भन्दै अतिरञ्जित गरेकोमा पनि आपत्ति जनाएको छ ।

Advertisement

तालिम केन्द्रका सेनाहरुलाई सडक पार गराउदा सडक बन्द गर्दा सवारी साधनका चालकहरुलाई सेनाबाट हुने गरेको दुब्र्यबहारको बारेमा सामान्य घटनाहरु यसअघि पनि सार्वजनिक हुँदै आएको छ । सेनाले सडक बाटो छेक्न राजमार्गमा राखेको ड्रमका कारण सवारी साधन दुर्घटना भएका घटनाहरु पनि छन् । तर यसरी उनीहरुले भनेकै ठाउँमा मोटरसाइकलको ब्रेक लागेन गरेर बल प्रयोग गर्ने, लछारपछार गर्ने, र समाचार संकलन भइरहेको मोवाइल क्यामेरा नियन्त्रणमा लिएर समाचार सामाग्री डिलिट गर्ने कार्य निन्दनिय रहेको नुवाकोट पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रिया