नुवाकोटका चार पत्रकार सम्मानित हुने

विदुर खबर २०७५ मंसिर १४ गते १२:१०

विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको आगामि मंसिर २८ गते हुने बार्षिक साधारण सभामा जिल्लामा क्रियाशिल चार पत्रकार सम्मानित हुने भएका छन ।

Advertisement

शुक्रवार सम्पन्न कार्य समिति बैठकले बार्षिक साधारण सभाको मिति समेत तय गरेको छ । एक दशक अघि निर्णय भएर पुरस्कार वितरण भने हुने नसकेको नुवाकोटका पुराना पत्रकार स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार सहित अन्य तीन पुरस्कार साधारण सभामा प्रदान गरिने भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले जनाएको छ । यो वर्ष पुरस्कृत हुने पत्रकारहरुमा देवचन्द्र भट्ट, शिब देवकोटा, भोलाराज पौडेल र भगवती लामा छन् ।

भट्टलाई मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार, देवकोटालाई दिर्घ सेवा पत्रकारिता पुरस्कार, पौलेललाई रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र लामालाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । सबै पुस्कारको राशी एधार हजार एक सय एधार रुपैयाँ रहेको छ । मोहनविक्रमध्वज जोशी पत्रकारिता पुरस्कारको राशी नुवाकोटबाट सञ्चालन भइरहेको डवली खबर डटले र रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी नुवाकोट जेसिसले सौजन्य गर्ने यस अघि घोषणा भइसकेको छ । अध्यक्ष कपिलदेव खनालका अनुसार नेपाल पत्रकार महासंघ नुवाकोटले पहिलो पटक पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कारलाई हरेक वर्ष निरन्तरता दिने बताइएको छ । नुवाकोटमा हाल एक सय तीन जना महासंघका साधारण सदस्य छन ।

Advertisement

प्रतिक्रिया