सचेतन पुस्तकालयको दोस्रो साधारणसभा सम्पन्न
विदुर । समाज सचेतन केन्द्र नुवाकोटद्वारा सञ्चालित सचेतन पुस्तकालयको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
पुस्तकालयको अधिवेशनबाट सन्तोष खनालको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति निर्वीरोध चयन भएको छ । सचिव ललिता अाेझा चयन भएकी छिन् । सदस्यहरूमा रामशरण वाेगटी, राजु नेपाल, पबिन्द्र केसी, अञ्जु वाेगटी, मुना पुडासैनी, समृता काेइराला र जगन्नाथ नेपाल चयन भएका छन् ।
पुस्तकालय व्यवस्थापन गर्न पदाधिकारीले ५०हजार एकसय ११ रूपैयाँ केन्द्रका अध्यक्ष यमकुमार खाती क्षेत्रीलाई हस्तान्तरण गरेका छन् । पुस्तकालयलाई सहयोग गर्न हरिराम भन्डारी दश हजार एकसय ११ रुपैयाँ, सीता बोगटीले दश हजार, । भगवती घिमिरेले ५ हजार पाँचसय ५५,रामशरण बोगटीले पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन ।
त्यस्तै शिवकुमार मिश्र, अञ्जु बोगटी ,धनकुमारी रिजाल र हिरा बोगटीले समान पाँच हजार रुपैयाँ सहयाृग दिएका छन । उनीहरुले पुस्तकालय व्यवस्थापन गर्न रकम हस्तान्तरण गरेको सल्लाहकार रामहरि रिमाल बाजेले बताए ।
सचेतन केन्द्रले साधारणसभामा पाँच हजार रुपैयाभन्दा बढी सहयोग गर्नेको नावावली शिला पत्रमा लेख्न शुरू भैसकेको अध्यक्ष यमकुमार खाती क्षेत्रीले बताए । समाज सचेतन केन्द्रले नुवाकोमा पछिल्लो समय विभिन्न सिपमुलक तालिमको आयोजना आत्मनिभृर बनाइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया