पिपलटारदेखि ढङ्गेसम्म मुअब्जा नदिने अडानमा सडक आयोजना,आज सार्वजनि सुनुवाई हुँदै

विदुर खबर २०७५ मंसिर १४ गते १:५९

विदुर। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत पिपलटारदृखि ढङ्गेसम्म आयोजनाले मुअब्जा नदिने बताएपछि आज सो विषयमा सार्वजनिक सुनुवाई हुने भएको छ ।

Advertisement

विदुर नगरपालिकाको पहलमा बट्टार बसपार्कमा हुने सुनुवाईमा सबै सम्बन्धित सरोकारवाला निकायहरुलाई उपस्थित हुन नगरपालकाले सबैसँग अनुरोध समेत गरेको छ ।आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्ममका प्रभावित स्थानीयवासीहरूलाई मुआब्जा नदिने संकेत गरेपछि आयोजनाका प्रमुख सुवोध देवकोटा र आयोजनाको अहिले व्यापक विरोध भइरहेको छ । छ । आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने आयोजनाका लेखा अधिकृत लिलाधर अर्यालले बताए । लेखा अधिकृत अर्यालले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताए । अर्यालले पिपलटारदेखि ढुङेसम्मको बाटोको वैकल्पिक मार्गको रुपमा खोला किनाराबाट ट्रयाक खोल्ने कुनै पनिसंभावना नरहेको भन्दै वैकल्पिक मार्गको विषयमा कुनै सहमति नभएको बताए ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका अधिकारीले अनौपचारिकरूपमा जानकारी दिएकाले स्थानीयवासीले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका हुन् । प्रभावितहरूले लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम समेत गरिरहेका छन । कात्तिक १३ गते पिपलटारका बासिन्दाले उक्तयोजनाका ठेकेदारले पिपलटार क्षेत्रमा कालोपत्र गर्न लाग्दा स्थानीयवासीले अवरोध गर्दै मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेकामा स्थानीय प्रशासनले सशस्त्र प्रहरी बल परिचालन गरेपछि प्रभावितले सो समिति गठन गरेको संयोजक न्यौपानेले बताए ।

Advertisement

ढुङ्गेदेखि पिपलटारसम्मका स्थानियबासीले आफुहरुको उठीबास हुने भन्दै संघर्ष समति गठन गरेका छन ।देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको उनीहरूको भनाइ थियो । पछिल्लो समय मुआब्जा नदिने कुरा आएपछि सङ्घर्षको तयारी गरिएको सहसंयोजक गीता अमात्यले बताउनुभयो । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेकामा अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने, कोहीलाई नदिने । यो विभेद गर्न पाइँदैन”, संयोजक न्यौपानेले भने

विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका अधिकारीले अनौपचारिकरूपमा जानकारी दिएकाले स्थानीयवासीले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका हुन् । अहिलेको आयोजनामा कतै मुआब्जा दिने कतै नदिँदा अन्याय हुने सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठले बताउनुभयो । उक्त योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे सडकको मुआब्जा दिने नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिए ।

Advertisement

प्रतिक्रिया