विकासात्मक सबै कार्यमा लैङ्गिक समावेशीकरणको आवस्यक रहेको राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरको भनाई
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले विकासात्मक सबै कार्यमा लैङ्गिक समावेशीकरणको आवस्यक रहेको बताउनुभएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा दुप्चेश्वर गाउँपालिकामा आयोजना गरिएको महिला अधिकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा सचिव ठाकुरले राज्यमा संघियतामा परिणत भएसँगै महिला विकासको कार्यालय खारेजी भएकोले स्थानीय तहले नै महिलाका अधिकारको बारेमा आवाज उठाउदै आउनुपर्ने बताउनुभएको छ । स्थानीय तहमा न्याय समिति गठन भएर काम गर्दै आएकोले गाउँपालिका भित्र हुने सम्पूर्ण हिंसात्मक गतिविधिलाई संवोधन गर्ने पहिलो खुड्किलो नै स्थानीय तह रहेको बताउनुभएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले लैङ्गिक हिंसा फैलाउने गिरोहलाई कारवाहीको दायरामा ल्याउन तल्लिन रहेको बताउनुभएको छ । पिडकलाई कानुनी दायरामा ल्याउन पिडित पक्ष बोल्नु आवस्यक रहेको भन्दै उहाँले हिंसा भएमा उजुरी दिन आग्रह गर्नुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा प्रहरी प्रमुख बसन्तबहादुर कुवँरले हिंसात्मक गतिविधिलाई कमि गराउन प्रहरी कार्यलय सक्रिय रहेको बताउनुभएको छ । प्रहरी समुदाय कार्यक्रम अन्तर्गत रहेर वडा, स्थानी तह र जिल्लामा नै नागरिकलाई प्रत्यक्ष सहभागिता गराएर समाजमा शान्ति स्थापनामा सक्रिय रहेको बताउनुभएको छ । यस्तै गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले गाउँपालिकामा विभिन्न संघसस्थाहरुसँग सहकार्य गरेर महिला अधिकारको पक्षमा काम गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिदै अघि बढ्ने बताउनुभएको छ ।
‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाइृ स्वीकार’ भन्ने नारा सहित सञ्चालन भइरहेको ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शहर केन्द्रित भन्दा पनि गाउँ केन्द्रित हुनु आवस्यक रहेको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, राष्ट्रिय महिला आयोगमा आवद्ध व्यक्तिहरु, महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे लगायतले व्यक्ति आफै सक्षम भएमा हिंसात्मक गतिविधि नहुने र भइहालेमा सम्वन्धीत निकायमा जानकारी दिनुपर्ने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया