कांग्रेसका सभापतिहरुको भेला नुवाकोटमा शुरु,निर्वाचनमा पराजयको कारण खोतलिने
नुवाकोट÷नेपाली कांग्रेसका ७७ वट्टै जिल्लाका जिल्ला सभापतिहरुको भेला नुवाकोटको पर्यटकिय स्थल ककनीमा सुरु भएको छ ।
नेपाली कांग्रेस नुवाकोटको संयोजनमा शुरु भएको जिल्ला सभापतिहरुको बैठकमा देशभरका जिल्ला सभापतिहरुको सहभागिता रहेको नेपाली कांग्रेसका सचिव शिव दाहालले बताए । बैठकमा विधान संशोधनको विषयमा छलफल गरी साझा धारणा बनाउने बताइएको छ । भेलाप्रति केन्द्रीय सभापति शेरबहादुर देउवा भने असन्तुष्ट छन् । जिल्ला सभापतिमा संस्थापनइतरका बहुमत भएको कारण देउवा असन्तुष्ट रहेको कांग्रेसका एक नेताले बताए ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने विधानका वारेमा छलफल हुने एक नेताले बताए । त्यसअघि नै जिल्ला सभापतिहरुले साझा धारणा बनाएर केन्द्रीय समितिमा बुझाउने तयारी रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठककको आयोजना गरेको बताए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा कांग्रेसको वर्तमान नेतृत्वका बारेमा समेत छलफल हुने उनको भनाइ छ । बैठकमा पार्टीमा रहेको गुटउपगुट अन्त्य गर्नेबारेमा समेत छलफल हुने नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताए ।
बिहिबारसम्म आयोजना हुने बैठकले ककनी घोषणापत्र जारी गर्ने एक नेताले बताए । बैठकमा गत निर्वाचनमा पार्टीेको पराजयका कारण, वर्तमान सा.गठनिक अवस्था र भावि रणनितिका वारेमा समेत छलफल गरिने नेृपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिंह केशीले बताए । बैठकले नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदाको सम्बन्धमा समेत जिल्ला सभापतिहरुले साझा धारणा बनाउने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया