कांग्रेसका सभापतिहरुको भेला नुवाकोटमा शुरु,निर्वाचनमा पराजयको कारण खोतलिने

विदुर खबर २०७५ मंसिर १२ गते १२:४८

नुवाकोट÷नेपाली कांग्रेसका ७७ वट्टै जिल्लाका जिल्ला सभापतिहरुको भेला नुवाकोटको पर्यटकिय स्थल ककनीमा सुरु भएको छ ।
नेपाली कांग्रेस नुवाकोटको संयोजनमा शुरु भएको जिल्ला सभापतिहरुको बैठकमा देशभरका जिल्ला सभापतिहरुको सहभागिता रहेको नेपाली कांग्रेसका सचिव शिव दाहालले बताए । बैठकमा विधान संशोधनको विषयमा छलफल गरी साझा धारणा बनाउने बताइएको छ । भेलाप्रति केन्द्रीय सभापति शेरबहादुर देउवा भने असन्तुष्ट छन् । जिल्ला सभापतिमा संस्थापनइतरका बहुमत भएको कारण देउवा असन्तुष्ट रहेको कांग्रेसका एक नेताले बताए ।

Advertisement

केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने विधानका वारेमा छलफल हुने एक नेताले बताए । त्यसअघि नै जिल्ला सभापतिहरुले साझा धारणा बनाएर केन्द्रीय समितिमा बुझाउने तयारी रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठककको आयोजना गरेको बताए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा कांग्रेसको वर्तमान नेतृत्वका बारेमा समेत छलफल हुने उनको भनाइ छ । बैठकमा पार्टीमा रहेको गुटउपगुट अन्त्य गर्नेबारेमा समेत छलफल हुने नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताए ।

बिहिबारसम्म आयोजना हुने बैठकले ककनी घोषणापत्र जारी गर्ने एक नेताले बताए । बैठकमा गत निर्वाचनमा पार्टीेको पराजयका कारण, वर्तमान सा.गठनिक अवस्था र भावि रणनितिका वारेमा समेत छलफल गरिने नेृपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिंह केशीले बताए । बैठकले नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदाको सम्बन्धमा समेत जिल्ला सभापतिहरुले साझा धारणा बनाउने बताइएको छ ।

Advertisement

प्रतिक्रिया