रिलाइन्स लाईफ इन्स्योरेन्सको शाखा नुवाकोटको बट्टारमा

विदुर खबर २०७५ मंसिर ११ गते १२:२७

बट्टार÷ रिलाइन्स लाइफ इन्स्योरेन्सको ४८ औ शाखा नुवाकोटको बट्टारमा मंगलबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
सिदाथै बैकं लिमिटेड प्रमोटर रहेको इन्स्योरेन्समा अग्नि र केडिया समुहको लगानी रहेको इन्स्योरेन्सका डेप्युटी सिइयो निराजन कडेँलले बताए । जारी पुजीँ २ अर्ब १० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुत्ता पुजीं एक अर्ब ४७ करोड रुपैयाँ रहेको र सो मध्ये ६३ करोड रुपैयाँको साधारण सेयर जारी गरिने डेप्युटी सिइयो कडेँलले बताए । कडेँलले आफुहरु अनुभवीको टिम भएकोले अन्य इन्स्योरेन्सभन्दा फरक रहेको बताए ।

Advertisement

त्यस्तै सो कार्यक्रममा नुवाकोट उद्योय वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले शुभकामना दिँदै आम्दानीमा मात्र केन्द्रित नहुन आग्रह गर्दे सेवाभावमा काम गर्न आग्रह गरे । मंसिर १ गतेबाट जिल्लामा औपचारिक रुपमा सेवा शुरु गरेको इन्स्योरेन्सले ६ ओटा जीवन बीमा योजनामार्फत ग्राहकलाई सेवा दिइरहेको र निकट भविस्यमा थप तीन बीमा योजना ल्याउने बट्टार शाखाका प्रबन्धक धुव्र प्रसाद पुडासैनीले बताए ।

कार्यलयको औपचारिक उद्घाटन कार्यक्रममा उत्कृष्ट काम काम गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नुवाकोटका विभिन्न बैक तथा वित्तिय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया