अपर तामाकोशीको आइपीओ बाँडफाँड, १ लाख ७२ हजारले पाए ५० कित्ता
अपर तामाकोशी जलविद्युत आयोजनाको आईपिओ आज मंगलबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोष बबरमहलको क्रिष्टल प्यालेसमा शेयर बाँडफांड गरेको हो ।
कुल ३ लाख ३९ हजार ७ सय ७५ आवेदकले आवेदन दिएकोमा ५ हजर ७ सय आवेदन रद्द भएको जनाएको छ । कुल ३ लाख ३४ हजार ७५ जनाले शेयर पाएका छन् । जस मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् । बाँकि १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता शेयर मात्र पाएका छन् ।
कम्पनीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया