सामुदायिक मेलमिलापको भूमिका प्रभाबकारी बन्दै

विदुर खबर २०७५ मंसिर १० गते १४:२३

सुर्यगढी,समाजमा उत्पन्न भएका फौजदारी बाहेक देवानी प्रकृतिका बिबादलाइ मिलान गराउन स्थानीयस्तरमा न्यायीक समिती र सामुदायिक मेलमिलापको भूमिका प्रभाबकारी बन्दै गएको छ ।

Advertisement

न्यायीक समिती सुर्यगढी गाउपालिकाको समन्वयनमा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले आयोजना गरेको न्यायिक समिती, बडा अध्यक्ष, मेलमिलापकर्ता र सरोकारवालाहरु बीचको गाउपालिका स्तरीय अन्तरक्रिया तथा अनुभब आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुले समतिीले गरेको काम पारदर्शी र प्रभाबकारी बन्दै गरेको निश्कर्ष निकालेका छन् ।

सुर्यगढी गाउपालिकाको चोगतेमा आयोजना गरिएको उक्त कार्यक्रममा न्यायिक समितीका संयोजक तथा सुर्यगढी गाउपालिकाका उपप्रमुख मञ्जुु बुढाथोकीले गाउपालिका भित्र हुने गरेको समान्य प्रबृतिको बिबाद समाधानको लागी आफु सदैब लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । न्यायिक समितीका संयोजक बुढाथोकीले बिबादित दुबै पक्षलाई जितजितको अनूतूति दिलाई न्याय सम्पादन गरिरह्ँदा आफुहहरु पनि सबै बिषयमा दक्ष नभएका कारण केही तालिम लिन आबश्यक रहेको बताउनुभएको छ ।

Advertisement

कार्यक्रममा ईलाका प्रहरी चौकी चोगतेका ईन्चार्ज प्रहरी सहायक निरिक्षक रामशरण काईरालाले गाउपालिका भित्र हुने गरेको कतिपय सानातिना बिबादहरु पनि कोहीबेलामा प्रहरी समक्ष आउने गरेकोले वडा स्तरमा न्यायीक समिती र मेलमिलापले गर्ने काम कार्बाही बारे जनचेतना जगाउन सुझाब दिनुभएको छ । सामुदायिक मेलमिलापसँगको सहकार्यमा सुर्गगढी गाउपालिकाको न्यायिक समितीले १० वटा भन्दा बढी देवानी प्रकृतिको समान्य बिबादलाई मिलान गराउन सफल भएको न्यायिक समितीले जनाएको छ । गाउपालिकामा मेलमिलापकर्ता रुपमा कार्यरत नागरिकहरुले कानुनी ज्ञानको अभाबको कारण न्याय सम्पादनमा सकस भैरहेको बताएका छन् । उहाँहरुले समाजमा सामान्य बिबादका घटनाहरु आफुहरुले मिलान गर्न सक्षम भए तापनि कतिपय बिबादित दुबै पक्षहरुको बिश्वास नै नगरी उचित न्याय प्राप्तीको लागी प्रहरी चौकी नै जाने गरेको अनुभब साटेका छन् ।

यस्तै, कतिपय सामुदायिक मेलमिलाप संयोजकहरुले बिबादलाई मिलाउन कहिलेकाही आफै बिबादमा फस्ने गरे पनि फाँटेका मनहरुलाई पुन सिउन सक्षम हुँदा काम गर्न थप उत्साह मिल्ने गरेको बताएका छन् । समाजमा कुलो करेशाकालागी भैझगडा, जातीय भेदभाबका बिबाद, जग्गा जमिन भागबन्डा, पारिबारी झैझगडा लगायतका मुद्धाहरु आउने गरेको सुर्यगढी गाउपालिकाको न्यायिक समिती ले जनाएको छ । कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले बिगतमा साबिकको ६१ गाबिस र १ नगरपालिकामा कार्यक्रम सञ्चालन गरेका नुवाकोटमा अब देश संघीयतामा गएसँगै जिल्लाका ८८ वटै वडामा मेलमिलापको कार्यक्रम लैजाने योजना बनाएको बताउनुभएको छ । उहाँले नुवाकोटको ७४ वटा वडामा मेलमिलाप केन्द्र गठन भएको जानकारी गराउदै समुन्नत र शान्तिपूर्ण समाजको निर्माणको लागी स्थानीय न्यायिक समितीसँग समन्वयन गरी मेलमिलापकर्ताहरु जुटेर अघि बढेको बताउनुभएको छ ।

Advertisement

दिगो शान्तिको लागी उन्नत सम्बन्ध भन्ने नाराका साथ सञ्चालन गरिएको अन्तरक्रियामा सुर्यगढी गाउपालिका वडा नम्बर ३ का बडा अध्यक्ष ऋषी पौडेल, वडा नम्बर ४ का बडा अध्यक्ष रामकुमार गिरी, सुर्यगढी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत उत्तम खतिवडा लगायतले मेलमिलापकर्ताहरुको भूमिकालाई बिश्वासनीय बनाउन समय समयमा तालिम प्रदान गर्न, सामाजिक लाञ्छला नलागेका ब्यक्तिलाई मेलमिलापकर्ताको लागी छान्न र उनीहरुको काममा हौसला बढाउन केही रकम गाउपालिकाबाट छुट्याउन सुझाब दिएका छन् ।

प्रतिक्रिया