बालिका विवाह गरेको अभियोगमा रातमाटेबाट एक पक्राउ
विदुर खबर
२०७५ मंसिर ८ गते ६:१२
रातमाटे,बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ ।
गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।
गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर विवाह गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि प्यूठान प्रहरीमा पठाइने नुवाकोट प्रहरीले जनाएको छ ।
रासस
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया