नुवाकोटमा सबैभन्दा बढी कर तिरेको हाम्रो विकास बैक सम्मानित

विदुर खबर २०७५ मंसिर ६ गते १२:२२

विदुर÷ नुवाकोटमा आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर तिरेको भन्दै हाम्रो विकास बैक सम्मानित भएको छ ।

Advertisement

नुवाकोटको बट्टारमा केन्द्रिय कार्यलय रहेको हाम्रो विकास बैकलाई अािर्थक वर्ष २०७३/०७४ मा १ करोड ८२ लाख रुपैयाँ कर तिरेको भन्दै सम्मानित गरिएको हो । कार्यक्रममा बोल्दै सम्मानित भएका हाम्रो बैकको सिईयो पारसराज कँडेलले व्यवसाय गर्ने व्यवसायीले कर तिर्न खाजेपनि ज्ञान अभावको कारणले समस्या देखिएको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

कडेलले हाम्रो विकास बैक ज्योति विकास बैकमा विलय हुन लागेको बताउँदै नुवाकोटमा यस्तै बढी कर तिर्ने संस्था उब्जाउनुपर्ने बताए ।

Advertisement

प्रतिक्रिया