तादी गाउँपालिककाका कर्मचारी कार्यलको काम छाडेर मुग भ्रमणमा निस्किँदै
भ्रमणमा १० लाख खर्चने स्रोतको दाबी
खरानीटार,नुवाकोटको तादी गाउँपालिकाका कर्मचारीहर कार्यलयको काम ने अलपत्र पारेर विहिबार मुगु जिल्लाको रारा घुम्न निस्किने भएका छन ।
कर्मचारीहरु काम नै अवरुद्ध हुने गरेर भ्रमण जाने तयारीमा रहेको एक स्थानीयवासीले नाम उल्लखे नगर्ने सर्तमा बताए । उनका अनुसार कार्यालयमा कार्यरत १६ जना कर्मचारीहरु करिब १० लाख रुपियाँको खर्चमा मंसिर ७ देखि १४ गतेसम्म रारा मुगु लगायतका विभिन्न क्षेत्रहरुमा भ्रमणमा निसक्न लागेका हुन । कर्मचारीले भ्रमण वापत करिव १० लाख रुपैयाँ सरकारी ढुकुढीबाट खर्चने योजना बनेको स्थानियबासीले बताए । गाउँपालिकाका सुचना अधिकृत विरोचन खनालले भने आफुहरु मुगु जिल्लाको स्थानिय तहको अभ्यास र वस्तुस्थितिको अवलोकलनको लागि जान लागेको बताए । तपाईहरु १० लाख रुर्पैयाँ सक्न रारा जान लागेको रे नी भन्ने प्रश्नमा १० लाख नभई २ लाखको बजेट मात्र भएको बताए । उनले आफहरु भ्रमणमा निस्किदा काम भ्रभावित नहुने समेत दाबी गरे ।
केपी ओलीको नेतृत्वमा सरकार बनेपछि राज्यकोषको ढुकुटीबाट ठूलो रकम निकालेर अनावश्यक भ्रमण लगायतमा खर्च बढिरहँदा नुवाकोटको तादी गाउँपालिकाका कर्मचारीले गर्न लागेको भ्रमणले थप पुष्टि यसलाई गरेको छ ।
सरकारले फजुल खर्च रोक्नको बारम्बार प्रतिवद्धता जनाएपनि नुवाकोटको तादी गाउँपालिकामा कार्यालयका सम्पूर्ण गतिविधिहरु बन्द नै गरेर कर्मचारीहरु लामो समयको लागि घुमफिरमा जान लागेको जानकारी पाएका स्थानीयहरुहरु सरकारी कर्मचारीहरुको चाला देखेर आक्रोशित भएका छन । गाउँपालिकाबाट भ्रमणमा जान लागेका कर्मचारीमा प्रमुख कार्यकारी अधिकृत, सूचना अधिकृत, लेखा अधिकृत, इन्जिनियर सहित आयुर्वे्दिक विभाग, स्वास्थ्य विभाग, शिक्षा विभाग र सूचना प्रविधि विभाग लगायतका विभिन्न शाखा तथा विभागमा रहेका प्रमुखहरु सहितका १६ कर्मचारीहरु रहेका छन । कार्यलयमा एकदुई जना कर्मचारी छाडेर सबै भ्रमण निस्किदा गाउँपालिकाको काम प्रभावित हुने निश्चित छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया