सुविधा सम्पन्न भवनमा बसेर पढ्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार:बहादुरसिंह लामा

विदुर खबर २०७५ मंसिर ५ गते १४:११

मेघाङ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङले भूकम्प प्रतिरोधि, सुविधा सम्पन्न भवनमा बसेर पढ्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार रहेको बताउनुभएको छ ।

Advertisement

म्यागङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित देउराली माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुदै उहाँले विद्यालय भवनहरुलाई विनासकारी भूकम्प २०७२ ले क्षती पुराउदा र समयमा नै निर्माण नहुदा विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न समस्या भइरहेको बताउनुभएको छ । मौसम अनुकलको विद्यालय भवन, अपाङ्गमैत्री, छात्रामैत्री र बालबालिका मैत्री विद्यालय भयो भने मात्र विद्यार्थीलाई टिकाइराख्न सहयोग पुग्ने भन्दै उहाँले विद्यालय सञ्चालन समितिलाई प्रविधि युक्त कक्षा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । सांसद तामाङले शिक्षाबाट नै मानिसले सत्मार्गमा हिड्नु पर्छ भन्ने ज्ञान दिने भएकोले सधै शैक्षिक क्षेत्रको विकासको लागि आवाज उठाइरहने बताउनुभएको छ ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको विद्यालयको भवन उद्घाटन कार्यक्रममा म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ र किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले शैक्षिक क्षेत्रमा जति नै विकास गर्छु भनेर अठोट गरे पनि प्रयाप्त विद्यालय भवनहरु नहुदा समस्या हुदै आइरहेको बताएका छन् । पूननिर्माणको कार्यलाई प्राथमिकता दिएर अघि बढिरहे पनि सके जति प्रगति गर्न नसकेको अध्यक्ष द्धयले बताएका छन् ।हिम्डुङ निर्माण सेवाले दुई करोड ८३ लाख रुपैयाँको लगानीमा निर्माण गरेको १३ कोठे २ वटा पक्कि भवनले विद्यार्थीलाई शैक्षिक वातावरण दिनेमा ढुक्क रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर गुरुङले बताउनुभएको छ । भूकम्प गए पछि टहरोमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नवनिर्मित भवनहरुले सहयोग गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ ।

Advertisement

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ति गुरुङ, विभिन्न वडाका वडा अध्यक्षहरु, श्रोत व्यक्ति होमनाथ नेपाल, उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्य, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य जयराम दाहाल लगायतले सरकारी, गैरसरकारी संघ सस्थाहरुले शिक्षाको विकासको लागि राम्रो सहयोग पुराइरहेकोले सहि रुपले सदुपयोग गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ ।विद्यालयले भूकम्प प्रतिरोधि भवन पाए सँगै विद्यालयले प्राविधिक धारमा रहेर कक्षा सञ्चालन गर्न पहल गर्ने प्रधानाध्यापक आइसिङ तामाङले बताउनुभएको छ ।

प्रतिक्रिया