बिद्यालय तोडफोड गर्ने २ जना विदुरबाट पक्राउ

विदुर खबर २०७५ मंसिर २ गते १४:२२

नुवाकोट,बिदुर नगरपालिका वडा नं ९ आपुटारमा रहेको सुलक्षण विद्यालय तोडफोड गरेको आरोपमा २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बिदुर नगरपालिका वडा नं।९ आबुटारका २२ वर्षिय सुजन मग्राती र २१ वर्षिय सन्जु श्रीमाली रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

Advertisement

उनीहरुले बिद्यालयको ट्वाईलेट लगायत स्थानमा तोडफोठ गरेका थिए । विद्यालय हाताभित्र तोडफोड गरेको आरोमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थप गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रारम्भिक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया