बागमती सरकारको बजेट बहुमतले पारित
नुवाकोट । बागमती प्रदेश सरकारको आगामी आव २०८३/०८४ को बजेट बहुमतले पारित भएको छ ।

शनिबार बसेको प्रदेश सभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८३ बहुमतले पारित गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
मन्त्री तामाङले पेश गरेको उक्त प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । उपसभामुख चापागाईले निर्णायार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा प्रतिपक्षी सांसद विपक्षमा प्रस्तुत भएका थिए ।


प्रस्तावको पक्षमा बढी सांसद रहेकाले उपसभामुख चापागाईले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरेकी थिइन् ।
प्रदेश सभामा सरकारको बजेटमाथि सांसदहरुले गत असार १६ देखि निरन्तर छलफल गर्दै आएका थिए । सांसदहरुले बजेटमाथिको छलफलमा राखेका धारणा बारेमा शुक्रबार र शनिबारको बैकठले विभागीय मन्त्रीहरुले जवाफ दिएका थिए ।

बागमती सरकारले असार १ मा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट पेश गरेको थियो ।
बागमतीमा कांग्रेसको नेतृत्वमा एमालेको संयुक्त सरकार छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया