नुवाकोटमा सोमबार र मंगलबार दिनभर विद्युत्त ठप्प हुने

विदुर खबर २०७५ मंसिर २ गते १३:५०

विदुर÷नुवाकोट जिल्लाभर सोमबार र मंगलबार दिनभर विद्युत्त ठप्प हुने भएको छ ।

Advertisement

निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारको लागी विद्युत आपूर्ति बन्द हुन लागेको विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले बताएको छ ।

नेपाल विद्युत्त प्राधिकरण वितरण शाखा नुवाकोटले दिएको जानकारी अनुसार सोमबार विहान ८ बजेदेखि साँझ ६ बजे र मंगलबार पनि सोही समयमा विद्युत्त अपरोध हुने जनाएको छ ।

Advertisement

त्रिशूली–काठमाडौँ प्रशारण लाइनको तार विस्तारको क्रममा जिल्लामा ६६ केभी प्रशारण लाइन मार्फत वितरण भएको स्थानीय प्रशारण तारमा छोएर दुर्घटना हुनसक्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्र प्रमुख सन्तोष कुमारले विदुरखबरलाई बताए ।

 

Advertisement

प्रतिक्रिया