विदुर नगरपालिकाले नयाँ तरिकाबाट फोहोर व्यवस्थापन गर्ने

विदुर खबर २०७५ मंसिर २ गते १२:५८

विदुर÷विदुर नगरपालिकाले अबका दिनमा नयाँ तरिकाले फोहोर व्यवस्थापन गर्ने भएको छ ।

Advertisement

बिदुर नगरपालिकाको आयोजना तथा सिडमुनको सहयोगमा आज पत्रकारहरुलाई दिइएको फोहोर व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सो सम्बन्धि जानकारी गराइएको हो । बिदुर नगरपालिका भित्र निस्कने फोहोर बर्गीकरण गरि उक्त फाहोर कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा शहरि बिकास अनुसन्धान तथा बाताबरण्ीय माहाशाखा हेटौडाका पुर्व प्रवन्धक एवम महासाखा प्रमुख बि के मर्हजनले जानकारी गराए ।

कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुदिप कुमार पोखरेलल जस्ले फोहोर गत्यो सफा गर्ने दायित्व उसको नै रहने बताए । कार्यक्रममा क्लिन द नेपालका परियोजना प्रमुख पिताम्बर रिजालले आफुले नया प्रणली आय अनुसारको पक्रियामा गएर फोहोर संकलन तथा ब्यवस्थापन गर्ने बताए । बिदुर नगरपालिकाको फोहोर संकलन तथा ब्यवस्थापन क्लिन द नेपाल ले गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया