नुवाकोटमा हुने दास्रो रााष्ट्रिय कविता महोत्सवको तयारी तिव्र,२०प्रतिष्पर्धीको घोषणा

विदुर खबर २०७५ मंसिर २ गते १२:२२

नुवाकोट मंसिर २,नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा आगामी मंसिर १५ गते हुने ‘‘दोश्रो राष्ट्रिय कविता महोत्सव २०७५’’ को तयारी तिब्र भएको छ ।

Advertisement

नेपाली भाषा तथा साहित्यको उत्थान र सम्वद्र्धन गर्नको लागी राष्ट्रिय कविता महोत्सव २०७५ आयोजना गरिएको बताइएको छ । प्रतिष्ठानले बिदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देशभरीबाट प्राप्त भएको २४८ वटा कबिता मध्ये २० वटा कबिता छनोट गरिएको प्रचारप्रसार उपसमितिका संयोजक मुकुन्दराज अर्यालले जानकारी दिनुभएको छ ।

नेपालको सबै भन्दा धेरै धनराशी रहेको प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेलाई नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यस्तै, दोश्रो हुनेलाई ३० हजार नगद सहित प्रमाण पत्र र तेश्रो हुने दुई जनालाई नगद रु २० हजार र प्रमाणपत्र प्रदान गरिने उहाले बताउनुभएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले यस अघि २०७३ साल बैशाख ३ गते पहिलो राष्ट्रिय कबिता महोत्सब सम्पन्न गरेको थियो ।

Advertisement

प्रतिक्रिया