कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
नुवाकोट । कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्नभन्दै निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको सो प्रक्रिया स्थागित गरिएको हो ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र निर्देशनअनुसार सो निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।
दलको नेता शनिबार साँझसम्म सर्वसम्मत रूपमा तय गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे अनि निर्वाचन समितिको समेत सहभागिता रहने गरी कार्यदल पनि गठन गरिएको पनि रसाइलीले जानकारी दिए ।
पार्टीको बृहत्तर हित, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतीको सामना गर्न पनि संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नुपर्ने भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।
सभापति गगनकुमार थापाले मोहन आचार्य र उपसभापति शर्माले भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि सारेका छन् ।

त्यस्तै अर्का सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने जानकारी नेताहरूलाई गराएपछि कांग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया