प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
विदुर खबर
२०८३ वैशाख ३ गते १९:३५
नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय उपयोगिताको लागि गाँजाको प्रयोगको अधिकार दिइनुपर्ने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले संघीय सरकारले नै कानुन बनाएर यस्तो अधिकार दिनुपर्ने बताएका हुन् ।
‘गाँजामा औषधीय गुणहरू छन् । सिंहदरबार वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग गरिन्छ भने यसलाई कानुनी व्यवस्था गरेरै किन अघि नबढाउने ?,’ प्रधानमन्त्रीलाई सुनाएको सुझाव सुनाउँदै उनले भने, ‘सुरुमा पकेट क्षेत्रका रूपमा मकवानपुरलगायतका केही जिल्लाबाट यो सुरु गर्न सकिन्छ ।

संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा नियमन र अनुगमनको व्यवस्था गरेरै यसलाई प्रयोगको बाटो खोलिदिनुपर्छ ।’
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया