नुवाकोटमा पनि कर दिवस मनाइयो

विदुर खबर २०७५ मंसिर १ गते १२:४५

विदुर,‘कर समृद्द नेपाल, सुखी नेपालीको भर’ भन्ने मुख्य नारासहित सातौ राष्ट्रिय कर दिवस नुवाकोट पनि मनाइएको छ ।

Advertisement

नुवाकोट चेम्बर अफ कर्मसले शनिबार विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट शुरु भएको प्रभातफेरी विदुर,ढुङ्गे र त्रिशुलीमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ,विदुरनगपालिकाका मेयर सञ्जु पण्डितले कर तिर्नु नागरिकको कर्तव्य भएको बताए । प्रभातफेरीमा नेपाल चेम्बर अफ कर्मस नुवाकोटका अध्यक्ष कबिन्द्रमान प्रधान, विभिन्न विद्यालयका विद्यार्थीहरु र सरकारी तथा विभिन्न कार्यलयका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया