नुवाकोटका सुब्बा तामाङ वन्यजन्तुको दाह्रासहित पक्राउ

विदुर खबर २०७५ मंसिर १ गते ६:०५

नुवाकोट मंसिर १,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सात थान वन्यजन्तुको दाह्रासहित नुवाकोटका एकजनासहित ५ जनालाई पक्राउ गरेको छ ।

Advertisement

ब्यूरोको टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटी नारायणटारबाट वन्यजन्तुको दाह्रासहित नुवाकोटका सुब्बा तामाङ,दोलखाका नुर्बु शेर्पा, मकवानपुरका देवलाल मोक्तान, दीपक लामा, गोकुल घले र सिन्धुपाल्चोकका रवि लामालाई बिहीबार पक्राउसार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) खरीदबिक्री गर्न ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलार्ई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । ब्यूरोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराध भएकाले पक्राउ परेका सबैलाई कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको जनाएको छ ।

Advertisement

प्रतिक्रिया