बेलकोटगढी नगरपालिका वडा नं ६ मा मेलमिलाप केन्द्र स्थापना

विदुर खबर २०७५ कार्तिक ३० गते २:०६

बेलकोट÷ बेलकोटगढी नगरपालिका वडा नं ६ मा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरिएको छ ।

Advertisement

दिगो शाान्तिको लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ प्राकृतिक स्रोत द्धन्द्ध रुपाान्तरण केन्द्र नेपालले वडा नं ६ मा केन्द्रको स्थापना गरेको केन्द्रले जनाएको छ । फाटेका मनहरुलाई सिलाउँदै दुबै पक्षको जित–जितको अवस्था सिर्जना गर्न वडा नं ६ मा केन्द्रको स्थापना गरिएको प्राकृतिक स्रोत द्धन्द्ध रुपाान्तरण केन्द्र नेपालकी जिल्ला प्रशिक्षक उर्मिला न्यौपानेले बताउनुभयो ।

केन्द्रको उद्घाटन कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष अम्बिका तामाङले मेलमिलाप केन्द्रको स्थापनाले वडामा भएका समस्यालाई अब वडास्तमै मेलमिलाको माध्यमबाट समाधान गर्न सकिने बताए । वडाअध्यक्ष तामाङले केन्द्रलाई सक्दो सहयोग गर्ने बताउँदै सबैसँग मिलेर काम गर्ने बताए । सामुदायिक मेलमिलाप केन्द्रले पछिल्लो समय नुवाकोटको विभिन्न वडामा गएर केन्द्र स्थापना गरी जटिल किसिमका मुद्धाहरुसमेत समाधान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया