नुवाकोटको गेर्खुमा बसको दादागिरी,जनप्रतिनिध र स्थानिय प्रशासन मौन

विदुर खबर २०७५ कार्तिक २९ गते १४:०६

विदुर,नुवाकोटको विदुर नगरपालिका वडा नं १० र ११ को गेर्खुमा बसले मनलाग्दी यात्रुसँग पैसा उठाएर दादागिरी देखाउँदा समेत जनप्रतिनिधि र स्थानिय प्रशासन मौन देखिएको छ ।

Advertisement

सदरमुकाम विदुरबाट करिव सात किलोमिटर टाढा रहेको गेर्खुमा सो बसले प्रतियात्रु साविककको गाविससम्मको भाडा ८० रुपैयाँ लिने गरेको एक स्थानियबासीले विदुरखबरलाई बताए । गेर्खु–चोगते मोटरबाटो अन्तरगत गुड्ने बा १ ख ६३४९ नम्बरको जिर्ण पुरानो बसले मनलाग्दी भाडा असुलेको भन्दै स्थानियबासीले प्रहरी प्रशासनमा गुनासो गर्दा समेत सुनुवाई नभएको बताएका छन । बसले अन्य यातायात व्यवसायीको वस आए बिच बाटोमा नै अवरोध सिर्जना गरि बाटो बन्द गर्ने गरेको छ ।

बसले ७ किलोमिटरको भाडा ९० देखी एकसय रुपयाँसम्म लिने गरेको छ । प्रशासनमा उजुरी दिने बताएमा बसका चालकले उल्टै भौतिक कारवाही गर्ने चेतावनीले आफुहरुले उजुरी दिन नसकेको अर्काे स्थानियले नाम नबताउने शर्तमा बताए । जिर्ण रहेको बसले दैनिक क्षमताभन्दा बढी यात्रु ओर्सादा समेत सिमुटारमा रहेको प्रहरी समेत मौन देखिएका छन । दैनिक दुई पटक ओहोरदोहर गर्ने सो बसलाई प्हरीले समेत वास्ता नगर्नु चिन्ताको विषय रहेको सरोकारवालाहरु बताउँछन । बसले यात्रुसँगै दैनिक निर्माण समाग्री सिमेन्ट जस्ता लगायत सामान समेत ओसार्ने गरेको छ । बसले बढी भाडा लिएको विषयमा जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख वसन्त कुवरलाई जानकारी गराउँदा बढी भाडा लिए कारवाहीको भागेदार हुने बताए ।

Advertisement


बसले बढी भाडा असुलेको विषयमा विदुर नगरपालिका वडा नं १० वडाअध्यक्ष गणेशकुमार नेपाल र ११ का वडाअध्यक्ष तोयानाथ तिमिलसेनालाई जानकारी गराउँदा समेत सुनुवाई नभएको बोरुगाउँका एक यात्रुले बताए । तर वडाअध्यक्षहरुलाई बसले बढी भाडा लिएको भन्दै निवेदन दिएको भन्दै पासाङल्हामु यातायातका हरि नामका एक सदस्यले उल्टै थकाएको स्थानियबासीले बताएका छन । केही वर्षअघिदेखि काठमाण्डौबाट सिधै गेर्खुमा बस आउने गरेकोमा सो बस चल्न थालेपछि उक्त बस बन्द गरिएको थियो । सो बसका संचालकका लाई पासाङल्हामु यातायातका सदस्य रहेको र अन्य बस आएमा चल्न नदिने अवरोध गरेको कालिका विद्यालयका एक शिक्षकले बताए ।

प्रतिक्रिया