नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट
नुवाकोट । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ ।

यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्यनै हालसम्मको उच्च हो । बिहीबारको बजारमा सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेर कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको सो मूल्यनै हालसम्मको उच्च हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट
‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ
रसुवामा ट्राफिक कारबाही तीव्र, ४ सय ७३ कारबाहीमा
एकैदिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो





प्रतिक्रिया