अब कतै मिसिंदैनौं : कुलमान घिसिङ
नुवाकोट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिह्न कुनैपनि दलसँग विलय हुन नदिइने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले रास्वपासँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गरे ।
साथै, अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि उनको भनाइ थियो ।
‘पार्टी गठन भएको ३ महिनामा पनि पुगेको छैन । तर हामी त्यो बीचमका कोमामा पनि गयौँ । त्यस कारण केही समस्या आयो । अहिले हामी तन्दुरुस्त भएर निस्कियौं,’ उनले भने ।
उनले नर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरु तडकभडकमा लाग्नु दु:खद् भएको बताए ।
‘अब हामी कुनैपनि दलसँग मिसिएर उज्यालो पार्टीको नाम र चुनाव चिह्न विलय हुन दिने छैनौँ । अरु पार्टी यो दलमा मिसिन सक्छन् तर हामी मिसन जाँदैनौं,’ कुलमानले भने ।
आफू विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि उनले गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया