आज २८६२ औँ सोनाम ल्होसार,सार्वजनिक विदा

विदुर खबर २०८२ माघ ५ गते ८:५३

नुवाकोट । आज २८६२ औँ सोनाम ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ ।

Advertisement

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने परम्परा छ ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ । आजबाट सर्प वर्ष समाप्त भई घोडा वर्षको शुभारम्भ भएको छ ।

Advertisement

ल्होसारको अवसरमा तामाङ समुदायले परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य, पूजा–आजा तथा शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरेका छन् । राजधानी काठमाडौँसहित विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ ।

प्रतिक्रिया