विश्व मधुमेह दिवस नुवाकोटमा पनि मनाइयो
विदुर÷विश्व मधुमेह दिवस विदुरमा पनि मनाइएको छ ।
विदुर नगरवालिका वडा नं ४ तथा जिल्ला मधुमृह संघ नुवाकोटको संयोजन र जिल्ला जनस्वास्थ्य कार्यलय नुवाकोटको सहयोगमा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय नुवाकोटका निमित्त प्रमुख राममणि घिमिरेले नुवाकोटमा करिव ३० हजारभन्दा बढी मधुमेहको रोगी रहेको बताए । उनले मधुमेह जटिल रोग नभएपनि छिट्टै औषधी रोगको पहिचान नगरी हेलचक्राई गरेमा रोगले जटिल अवस्थामा लैजाने बताए ।
कार्यक्रममा नुवाकोट मधुमेह संघका अध्यक्ष धननारायण चित्रकारले मधुमेह भयो भन्दैमा आत्तिनु नपर्ने भन्दै समयमा पहिचान गरे समस्या नहुने बताए । कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले नुवाकोटमा दिनप्रतिदिन मधुमेहको रोगी बढेको भन्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि बजेट पहल गर्नुपर्ने र त्यसका लागि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा नुवाकोट उधोग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, नुवाकोट मधुमेह संघका उपाध्यक्ष रामकृष्ण राजभण्डारीले मधुमेहको वारेमा सबैले जानकारी लिनुपर्नै बताएका थिए । कार्यक्रममा करिव एकसयभन्दा बढीको रगत जाँच गरी मधुमेहको बारेमा जानकारी गराइएको थियो । २०७२ सालमा स्थापना भएको नुवाकोट मधुमेह संघ र जिल्ला जनस्वास्थ्य कार्यलयको सहयोगमा मधुमेह सम्बन्धि विविध जनचेतनामुलक काम गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यलयका फोकल पर्सन जर्नादन शिलवालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया