विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको सन्दर्भलाई रोक्नुपर्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकाले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बताएका हुन् ।
‘पार्टीले एउटा निर्णय गरिसकेको छ । नियमित अधिवेशन गर्ने । नियमित अधिवेशन यो समयमा सम्पन्न गर्न नसकिने अवस्थामा संशोधित कार्यतालिका पास गरेको छ । त्यो निर्णय हामी सबैले मान्नुपर्छ । पदाधिकारी साथीहरुले त झन निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ,’ उनले भने, ‘यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन ।
विशेष अधिवेशनमा सहभागी हुन हुँदैन । आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ । हामी अझै चाहन्छौँ, विशेष अधिवेशनको सन्दर्भलाई यहीँ रोकौँ । सम्पूर्ण पार्टी एकत्रित भएर जाऔँ ।’
उनले कांग्रेस आम कार्यकर्ताको भावनाअनुसार चल्ने पार्टी भएको बताउँदै भने, ‘आम निर्वाचनमा जाने क्रममा एजेण्डा लिएर जानेबारे सोचौँ । आम कार्यकर्ताको भावनाअनुसार पार्टी चल्ने हो ।
यो अवस्थामा हामी विभाजित हुने होइन, एकत्रित भएर सम्पूर्ण शक्ति लगाएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ । नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाट पारित गरौँ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत
उज्यालो नेपालको अध्यक्ष कुलमान बने
रास्वपा र उज्यालो नेपालको एकता भंग
नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस





प्रतिक्रिया