रास्वपा र उज्यालो नेपालको एकता भंग
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भाँडिएको छ ।

शनिबारसम्म भएको दुई पक्षीय छलफलको प्रयास असफल भएपछि एकता टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिए । कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा स्रोतको दाबी छ ।
‘वरिष्ठ उपसभापति माग भयो। पूर्वसहमतिबाट पछि हटेर पार्टीको नाम पनि परीवर्तनको प्रस्ताव आयो । महामन्त्री पनि हुनुपर्यो भन्ने प्रस्ताव आयो । यसमा सहमति नभएपछि एकता भंग भयो,’ ती नेताले भने । तीन नेताका अनुसार, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो ।
मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । राजीनामा दिने क्रममा पनि उनले आफू कुनै पनि पार्टीको सदस्य नभएको, रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेको बताएका थिए ।
यसअघि रवि र बालेनबीच सहमति हुँदा पनि कुलमानलाई समेटेर अघि बढ्नेगरी छलफल भएका थिए । यद्यपि कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा कुलमानसँग सहमति भएको थियो ।
जतिबेला घिसिङलाई रास्वपा उपसभापति बनाउने सहमति समेत भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया