टिमुरे यातायातले रसुवाको टिमुरेमा पनि वस संचालन गर्ने
विदुर खबर
२०७५ कार्तिक २९ गते ८:५४


प्रालिले शुरुमा दशैलाई लक्षित गरेर चारवटा वसमार्फत सेवा शुरु गरेपनि अहिले १२ बटा बसहरु संचालनमा रहेको यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले बताए । नुवाकोटको रुटमा पासाङ ल्हामु यातायात र केरुङको एकलौटी राज रहेको बेला टिमुरेले स्थानिय समुदायहरुसँग मिलेर करिव ५ करोड रुपैयाँको लगानीमा यातायात संचालनमा ल्याएको हो । यातायातको नाम नै टिमुरे भएपनि केही समय वस संख्या नपुगेकोले त्रिशुली—काठमाण्डौ रुटमा मात्र वस संचालन गरेको वसले बिहिबारबाट रसुवाको टिमुरेसम्म सेवा दिने जोशीले बताए । वसले रौतहटको गौर र विरगन्जसम्म पनि सेवा दिइरहेको टिमुरे वस तथा मिनिवस यातायात प्रालिले जनाएको छ ।
यसैबिच टिमुरे यातायातले आफुहरुले त्रिशुली—काठमाण्डौ रुटमा वस संचालन गरेसँगै यात्रुहरुले राम्रो प्रतिक्रिया दिएको बताएको छ । प्रालिका अध्यक्ष जोशीले आफुहरुको सेवाले यात्रुहरु खुसी रहेको र अन्य यातायात प्रालिकोभन्दा बढी सेवा पाउने बताए । अन्य वस नचढी किन तपाईको वस चढ्ने भन्ने प्रश्नमा उनले आफुहरु पुर्ण रुपमा व्यवसायमा मात्र केन्द्रित नभएई सेवामा समेत केन्द्रित हुने बताए । उनले केही महिनापछि स्थानिय वृद्धवृद्धा र पत्रकारलाई निशुल्क कार्डको व्यवस्था गर्ने बताए । यातायातले टिकट काट्नको लागि काउन्टर त्रिशुली,बट्टार, देविघाट र काठमाण्डौको माछापोखरीमा राखिएको छ । प्रालिले गत असोज २६ गतेबाट त्रिशुली–काठमाण्डौ रुटमा यातायात संचालनमा ल्याएको थियो ।
सम्बन्धित
प्रतिक्रिया