नुवाकोटको त्रिशुलीमा पनि छठ मनाइयो


नुवाकोट कार्तिक २८, छठका बर्तालुले यहाँको त्रिशूली बजारमा रहेको राममन्दिर घाटमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिए ।
त्रिशूली नदी किनारलाई सिंगारेर उनीहरुले छठीमाईको पूजाराधना गरे । यहाँ विभिन्न पेशा तथा व्यवसाय गर्दै आएकाहरुले त्रिशूली नदी किनारलाई सिंँगारेर छठ पूजा गर्दै आएको नुवाकोट छठ पूजा समितिका अध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो । छठका लागि घरमा जान नभ्याउनेहरुलाई सहज होस् भनी समिति बनाएर छठ पूजाका लागि व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
त्रिशूलीमा केशकर्तन पेशा गरेर १९ वर्षदेखि बस्दै आउनुभएका गणेश ठाकुरले छठमा घर जान नभ्याउनेहरु मिलेर त्रिशूलीमै छठ मनाउन थालेको बताउनुभयो । “पहिले पहिले छठ मनाउन यहाँ समूह जुट्ने गर्दैनथ्यो । अहिले धेरै छन् यहाँ छठ मनाउने । केही वर्षदेखि छठको लागि भनेर घर जानुपरेको छैन”, ठाकुरले भन्नुभयो, “यो वर्ष पनि हामी यहाँ सयौंँ जनाले पूजा आराधना गरिरहेका छौंँ । पोहोर पनि धेरै थिए ।” पछिल्लो पाँच वर्षदेखि त्रिशूलीको सो घाटमा छठको पूजा हुँदै आएको छ । रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया