नुवाकोटमा परे चारसय सवारी कारवाहीमा

विदुर खबर २०७५ कार्तिक २७ गते १३:२६

नुवाकोट कार्तिक २७, नुवाकोटमा तिहारमा जथाभावी गाडस् चलाउने चारसय सवारी कारवाहीमा परेका छन ।
जिल्ला ट्राफिक कार्यलय नुवाकोटका प्रमुख शम्भु अधिकारी का अनुसार नियमविपरित काम गरेका ४ सय ८ सवारीसाधन कारवाही परेको विदुरखबरलाई बताए ।

Advertisement

कारवाहीमा परेका अधिकांश सवारी चालकले मादकपदार्थ सेवन गरेको, क्षमताभन्दा बढी भार बोकेको, सिटबेल्ट र हेल्मेट नलगाएको र बिलबुक तथा सवारी चालक अनुमतिपत्रविना सवारी चलाएको भेटिएको  अधिकारीले बताए । सवारी साधनलाई कारवाही वापत दुई लाख ८ हजार राजस्व सङ्कलन गरिएको छ ।

प्रतिक्रिया