रवि –छविको सहकारी ठगी मुद्दा फेरि स्थगित

विदुर खबर २०८२ मंसिर २५ गते १६:३७

नुवाकोट । कात्तिक १३ गतेबाट लगातार स्थगित हुँदै आएको रास्वपा सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीसम्बन्धी सहकारी ठगी मुद्दा आज पनि स्थगित भएको छ।

Advertisement

न्यायाधीश सागर विष्टका आफन्त जाहेरवालामा परेका कानुन व्यवसायी संलग्न भएकाले पेसी हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

सुप्रिम सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका दुवैको मुद्दा पटक–पटक सारिँदै आएको छ। यसअघि कानुनी व्यवसायीका निवेदन र सार्वजनिक बिदाका कारण सुनुवाइ स्थगित हुँदै आएको थियो।

Advertisement

१० करोड ९९ लाख रुपैयाँभन्दा बढी सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएका उनीहरूले बिगोबापत जमानत पेस गरे पनि प्रत्येकको भागमा कति बिगो पर्छ भन्ने स्पष्ट नभएकाले अदालतले रिहा नगर्ने आदेश दिएको हो।

लामिछाने हाल नख्खु कारागारमा रहेका छन् भने जोशी भैरहवा कारागारमै छन्।

Advertisement

प्रतिक्रिया