रवि –छविको सहकारी ठगी मुद्दा फेरि स्थगित
नुवाकोट । कात्तिक १३ गतेबाट लगातार स्थगित हुँदै आएको रास्वपा सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीसम्बन्धी सहकारी ठगी मुद्दा आज पनि स्थगित भएको छ।

न्यायाधीश सागर विष्टका आफन्त जाहेरवालामा परेका कानुन व्यवसायी संलग्न भएकाले पेसी हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
सुप्रिम सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका दुवैको मुद्दा पटक–पटक सारिँदै आएको छ। यसअघि कानुनी व्यवसायीका निवेदन र सार्वजनिक बिदाका कारण सुनुवाइ स्थगित हुँदै आएको थियो।

१० करोड ९९ लाख रुपैयाँभन्दा बढी सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएका उनीहरूले बिगोबापत जमानत पेस गरे पनि प्रत्येकको भागमा कति बिगो पर्छ भन्ने स्पष्ट नभएकाले अदालतले रिहा नगर्ने आदेश दिएको हो।
लामिछाने हाल नख्खु कारागारमा रहेका छन् भने जोशी भैरहवा कारागारमै छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया