एक महिनामा सवा लाख पर्यटक नेपाल आए
नुवाकोट । नोभेम्बर महिनामा सवा लाख विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिना १ लाख १६ हजार ५५३ जन पर्यटक नेपाल भित्रिएका हुन् ।नोभेम्बरमा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट १८ हजार ९९५ जना रहेका छन् ।
त्यसपछिका प्रमुख पर्यटक स्रोत देशहरूमा अमेरिकाबाट ११ हजार २५४ जना, चीनबाट ७ हजार ८७१ जना, बेलायतबाट ७ हजार १८९ जना, बंगलादेशबाट ५ हजार ६५३ जना छन् । त्यस्तै अष्ट्रेलियाबाट ५ हजार ३९३ जना, श्रीलंकाबाट ४ हजार ८३१ जना, म्यानमारबाट ४ हजार ४८४ जना, फ्रान्सबाट ४ हजार २११ जना र जर्मनीबाट ४ हजार १३४ जना पर्यटक नेपाल आएका छन् ।

बेर्डका अनुसार जनवरीदेखि नोभेम्बर २०२५ सम्मको ११ महिनामा १० लाख ६० हजार २६९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अघिल्लो महिना अक्टोबरमा मात्रै १ लाख २८ हजार ४४३ पर्यटक आएका थिए, जुन वर्षकै सबैभन्दा उच्च आगमन हो। सेप्टेम्बरमा ७८ हजार र अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए ।
नोभेम्बरलाई पनि मुख्य पर्यटकीय याम मानिने भएकाले त्यसअनुसार आगमन वृद्धि भएको बोर्डले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया