बिनाब्याज ऋण दिने बागमती सरकारको तयारी
विदुर खबर
२०८२ मंसिर १६ गते १२:२०
नुवाकोट । बागमती प्रदेश सरकारले आयमूलक र सीपमूलक कामका लागि विपन्न नागरिकलाई बिनाब्याज ऋण दिने कार्यविधि बनाएर प्रक्रिया अघि बढाएको छ ।

मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माविको स्वर्ण महोत्सव समारोह समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यसबारे जानकारी गराएका हुन् ।

‘मुख्यमन्त्री हुनेबित्तिकै मैले गरिबमुखी, न्यायमुखी, गाउँमुखी, आयमुखी, विकासमुखी र जनमुखी काम गर्ने भनी सपथ खाएको छु,’ उनले भने, ‘आम नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी, गरिबलाई गरिखाने बनाउने लक्ष्यका साथ प्रदेश सरकारले काम गरिरहेको छ ।’
प्रदेश सरकारमार्फत एक हजार परिवार विपन्नको घर बनाउन लागिएको बताउँदै उनले गरिबलाई छाना, खाना र नाना भन्ने नाराका साथ २ लाख रुपैयाँ बिनाब्याज ऋण दिने तयारी गरिएको समेत जानकारी गराए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित





प्रतिक्रिया