पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश

विदुर खबर २०८२ मंसिर १२ गते २०:३१

नुवाकोट । नेपाल प्रहरीका पूर्वएआईजी (अतिरिक्त महानिरीक्षक) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

Advertisement

शुक्रबार पार्टी कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममार्फत उनी पार्टी प्रवेश गरेका हुन् । पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको बताएका छन् । शुक्रबार रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताए ।

उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’

Advertisement

पार्टीका सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए ।परिवर्तनका लागि इमान्दार व्यक्तिहरू जोडिनु आवश्यक रहेको भन्दै उनले रास्वपामा त्यस्ता व्यक्तिहरू बताए ।

२४ भदौको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको उनले बताए ।

Advertisement

प्रतिक्रिया