निर्वाचनमा एक थोपा पनि रगत नबग्ने गरी सुरक्षा व्यवस्था मिलाउन सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन
नुवाकोट । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा एक थोपा पनि रगत नबग्ने गरी सुरक्षा प्रबन्ध गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् ।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेपछि पहिलो पटक सेनाको मुख्यालय जंगी अड्डा शुक्रबार पुगेकी प्रधानमन्त्री कार्कीले जङ्गीअड्डाको निरीक्षणपछि यस्तो निर्देशन दिएकी हुन्। साेही क्रममा उनले निर्वाचन सुरक्षाको तयारीबारे पनि जानकारी लिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले आफूले आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्न नहुने र एक जना पनि घाइते हुन नहुने भन्दै आएको प्रशंग उठाएकीछन् । यस अघिका निर्वाचनको समेत अनुभव र सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गर्न उनले निर्देशन दिइन् ।
सोही अवसरमा प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण बनाउने गरी काम गर्न समेत निर्देशन दिएकी छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया