जेन-जी आन्दोलनको सवा ८० अर्ब रुपैयाँको भौतिक क्षति

विदुर खबर २०८२ मंसिर ४ गते ८:५८

नुवाकोट । गत भदौ २३ को जेन-जी आन्दोलन र २४ गतेको प्रदर्शनको क्रममा करिब सवा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

Advertisement

प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान, व्यावसायिक घरानाहरुमा गरी कुल ८० अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी आएको अर्थ मन्त्रालयले जनाएको छ ।

क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मंगलबार प्रारम्भिक प्रतिवेदनबारे अर्थ मन्त्रालयमा छलफल गरेको छ ।

Advertisement

सरकारले करिब १ खर्बसम्म क्षति पुग्ने बताइरहेको बेला त्यो भन्दा करिब २० अर्ब रुपैयाँ कम क्षति भएको प्रारम्भिक प्रतिवेदन उपसमितिले जानकारी गराएको हो ।

करिब सवा ८० अर्बको कुल क्षतिमध्ये ३९ अर्ब निजी क्षेत्रको, २८ अर्ब संघीय सरकारको, ४ अर्ब प्रदेशहरुको र ९ अर्ब स्थानीय तहमा भौतिक संरचना तथा उद्योय व्यवसायको क्षति भएको स्रोतले जनाएको छ ।

Advertisement

मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलको क्रममा उपसमितिले हालसम्म सवा ८० अर्ब बराबरको क्षति भएको र क्षतिको विवरण आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने बताएको छ । ‘क्षतिको विवरण केही बढे पनि बढेको रकम अर्बमा नभइ करोड र लाखमा हुने छ ।

यसका आधारमा प्रदर्शनको क्षति ८० अर्ब रुपैयाँभन्दा सामान्य बढी हुने देखिन्छ,’ स्रोतले भन्यो

प्रतिक्रिया