जेन-जी आन्दोलनको सवा ८० अर्ब रुपैयाँको भौतिक क्षति
नुवाकोट । गत भदौ २३ को जेन-जी आन्दोलन र २४ गतेको प्रदर्शनको क्रममा करिब सवा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान, व्यावसायिक घरानाहरुमा गरी कुल ८० अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी आएको अर्थ मन्त्रालयले जनाएको छ ।
क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मंगलबार प्रारम्भिक प्रतिवेदनबारे अर्थ मन्त्रालयमा छलफल गरेको छ ।
सरकारले करिब १ खर्बसम्म क्षति पुग्ने बताइरहेको बेला त्यो भन्दा करिब २० अर्ब रुपैयाँ कम क्षति भएको प्रारम्भिक प्रतिवेदन उपसमितिले जानकारी गराएको हो ।

करिब सवा ८० अर्बको कुल क्षतिमध्ये ३९ अर्ब निजी क्षेत्रको, २८ अर्ब संघीय सरकारको, ४ अर्ब प्रदेशहरुको र ९ अर्ब स्थानीय तहमा भौतिक संरचना तथा उद्योय व्यवसायको क्षति भएको स्रोतले जनाएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलको क्रममा उपसमितिले हालसम्म सवा ८० अर्ब बराबरको क्षति भएको र क्षतिको विवरण आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने बताएको छ । ‘क्षतिको विवरण केही बढे पनि बढेको रकम अर्बमा नभइ करोड र लाखमा हुने छ ।
यसका आधारमा प्रदर्शनको क्षति ८० अर्ब रुपैयाँभन्दा सामान्य बढी हुने देखिन्छ,’ स्रोतले भन्यो
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया