बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस
विदुर खबर
२०८२ मंसिर ४ गते ८:४१
नुवाकोट । बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ ।

बुधबार हेटौंडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार चालु अधिवेशन बिहीबार मध्यरातबाट अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए ।
सरकारले वर्षे अधिवेशनबाटै प्रदेशसभा रिक्त रहेको सभामुख चयन गर्ने तयारी गरे पनि सत्तारुढ कांग्रेस–एमालेबीच सहमति नजुट्दा त्यो सम्भव भएन । जेन-जी आन्दोलनपश्चात् तत्कालीन सभामुख भुवन पाठकले राजीनामा दिएपछि प्रदेशसभामा हाल सभामुख पद रिक्त छ ।

प्रदेशसभा बसेको १५ दिनभित्रमा सभामुख चयन गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण बैठक राख्न कांग्रेस नेतृत्वको सरकारलाई सकस भइरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया