भारतको कोठीमा बेचिएकी नुवाकोटकी एक महिलाको उद्धार
विदुर खबर
२०७५ कार्तिक २० गते २:२६

नुवाकोट कार्तिक २०, भारतको कोठीमा बेचिएकी नुवाकोटकी एक महिलासहित ३ जना महिलाको उद्धार गरिएको छ ।
उद्धा गएिको महिलामा नुवाकोटकी एक र सिन्धुपाल्चोककी दुई सहित तीनजनाको उद्धार गरिएको बताइएको छ ।
उनीलाई भारतको राजधानी नयादिल्लीस्थित ५सय ५६ नंम्बरको कोठीबाट उद्धार गरिएको माईती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । जिल्ला अदालत गाजियावादले उद्धार गरिएका महिलालाई आवश्यक परामर्श र पारिवारिक पुनर्मिलनका लागि आदेश दिएपछि ३७ जना महिलासँगै उनीहरूलाई पनि नेपाल ल्याइएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया